सुदुरपश्चिमद्वारा मनाङ पराजित

काठमाडौं (खेलदैनिक) । तेस्रो ललित स्मृति यु–१८ फुटबल च्याम्पियनसिपमा सुदुरपश्चिम–११ ले मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गरेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न समूह डी तर्फको पहिलो खेलमा सुदुरपश्चिमले मनाङलाई ४–२ ले हराएको हो ।

सुदुरपश्चिमको जितमा राजिव चौधरी, किरन बोहरा, बिजय चौधरी र नविन भट्टराईले एक–एक गोल गरे । उता पराजित मनाङका लागि रोहित नेपाली र बिनय कार्कीले एक–एक गोल फर्काए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा स्वर्गीय ललितकृष्ण श्रेष्ठको स्मृतिमा शुरु प्रतियोगितामा कुल १८ टोलीहरुको सहभागिता रहेको छ । सहभागी टोलीहरुलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ५० हजार हात पार्नेछ । साथै प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरु छनौट गरी एएफसी यु–१९ च्याम्पियनसिप छनौटका लागि नेपाली टोली तयार गारिनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...