लुम्बिनी एफसीसँग एनआरटी पराजित

लुम्बिनी एफसी (बाँया) र एनआरटीका बलका लागि खेलाडी भिड्दै ।

काठमाडौं (खेलदैनिक) । ललित स्मृति यु–१८ फुटबल च्याम्पियनसिपमा लुम्बिनी एफसीले न्युरोड टिम (एनआरटी) लाई हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न समूह ए तफको दोस्रो खेलमा लुम्बिनीले एनआरटीलाई २–१ ले हरायो । लुम्बिनीको जितमा मोहन थापा र सुन्दर खड्काले एक–एक गोल गरे । उता पराजित एनआरटीका लागि रुजित पुडासैनीले एक मात्र सान्त्वना गरेका थिए ।

प्रतियोगिता अन्तरगत सोमबारको समूह डी तर्फ पहिलो खेलमा सुदुरपश्चिम–११ ले मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछ भने दोस्रो खेलमा हिमालयन शेर्पा क्लबले थ्रीस्टार क्लबसँग भिड्नेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा स्वर्गीय ललितकृष्ण श्रेष्ठको स्मृतिमा शुरु प्रतियोगितामा कुल १८ टोलीहरुको सहभागिता रहेको छ । सहभागी टोलीहरुलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ५० हजार हात पार्नेछ । साथै प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरु छनौट गरी एएफसी यु–१९ च्याम्पियनसिप छनौटका लागि नेपाली टोली तयार गरिनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...