सरस्वती युथ क्लबलाई पहिलो सफलता

काठमाडौं (खेलदैनिक) । ललित स्मृति यु–१८ फुटबल प्रतियोगितामा सरस्वती युथ क्लबले आफ्नो पहिलो जित दर्ता गर्न सफल भएको छ । आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको समूह ए तर्फको पहिलो खेलमा सरस्वतीले मच्छिन्द्र क्लबलाई हराउँदै पहिलो जित दर्ता गरेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा स्वर्गीय ललितकृष्ण श्रेष्ठको स्मृतिमा शुरु प्रतियोगितामा कुल १८ टोलीहरुको सहभागिता रहेको छ । सहभागी टोलीहरुलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ५० हजार हात पार्नेछ । साथै प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरु छनौट गरी एएफसी यु–१९ च्याम्पियनसिप छनौटका लागि नेपाली टोली तयार गारिनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...