शेर्पा र फ्रेण्डस क्लबको बराबरी

फ्रेण्डस क्लब (निलो) र हिमालयन शेर्पा क्लबका खेलाडी बलका लागि भिड्दै ।

काठमाडौं (खेलदैनिक) । ललित स्मृति यु–१८ फुटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लब र फ्रेण्डस क्लबले शुक्रबार गोलरहित बराबरी खेलेका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको समूह डी तर्फको पहिलो खेलमा शेर्पा र फ्रेण्डसले बराबरी खेलेका हुन् । दुवैतर्फबाट केही गोलका अवसरहरु सदुपयोग गर्न नसक्दा दुवै टोलीले अँक बाँड्न बाध्य भए । खेलमा शेर्पाका थिरिङ तामाङ म्यान अफ द म्याच घोषित भए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा स्वर्गीय ललितकृष्ण श्रेष्ठको स्मृतिमा शुरु प्रतियोगितामा कुल १८ टोलीहरुको सहभागिता रहेको छ । सहभागी टोलीहरुलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ५० हजार हात पार्नेछ । साथै प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरु छनौट गरी एएफसी यु–१९ च्याम्पियनसिप छनौटका लागि नेपाली टोली तयार गारिनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...