डिफेन्डिङ च्याम्पियन आर्मीको लगातार दोस्रो जित

काठमाडौं (खेलदैनिक) । साविक विजेता त्रिभुवन आर्मी क्लबले ललित स्मृति यु–१८ फुटबल प्रतियोगितामा आफ्नो जितको सिलसिलालाई जारी राखेको छ ।

बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको समूह ए तर्फको पहिलो खेलमा आर्मीले लुम्बिनी एफसीलाई ४–० ले हरायो । आर्मीको जितमा कप्तान दिनेश हेन्जन, सुसन लामा, रोशन थम्सुहाङ र दिपेश आले मगरले एक–एक गोल गरे ।

खेलमा आर्मीका बिकास खवास म्यान अफ द म्याच घोषित भए । लगातार दोस्रो जित हात पारेको आर्मीले आफ्नो क्वाटरफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । आर्मीले आफ्नो थप दुई खेल मच्छिन्द्र एफसी र एनआरटीसँग खेल्नेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा स्वर्गीय ललितकृष्ण श्रेष्ठको स्मृतिमा शुरु प्रतियोगितामा कुल १८ टोलीहरुको सहभागिता रहेको छ । सहभागी टोलीहरुलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ५० हजार हात पार्नेछ । साथै प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरु छनौट गरी एएफसी यु–१९ च्याम्पियनसिप छनौटका लागि नेपाली टोली तयार गारिनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...