झापालाई हराउँदै पुलिस फाइनलमा

सर्लाही (खेलदैनिक) । विभागीय टोली नेपाल पुलिस क्लब प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण लालबन्दी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेश गर्ने क्रममा पुलिसले बुधबार पहिलो सेमिफाइनलमा रमपम झापा–११ लाई शून्यकाविरुद्ध १ गोलको झिनो अन्तरले हरायो ।

लालबन्दी–६, सर्लाहीस्थित राधाकृष्ण खेलमैदानमा सम्पन्न खेलमा पुलिसका लागि खेलको ३९ औं मिनटमा रवि पासवानले एक मात्र निर्णायक गोल गरे । प्रतियोगिता अन्तरगत बिहीबारको दोस्रो सेमिफाइनल खेल रुस्लान थ्रीस्टार क्लब र अर्को विभागीय टोली एपिएफ क्लबबीच हुने आयोजकले जनाएको छ ।

लालबन्दी नगरपालिका र सर्लाही जिल्ला फुटबल संघको संंयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख ५० हजार हात पार्नेछ । प्रतियोगिताको फाइनल असार २ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...