थ्रीस्टारसँग मनाङ झिनो अन्तरले पराजित

काठमाडौं (खेलदैनिक) । थ्रीस्टार क्लबले ललित स्मृति यु–१८ फुटबल प्रतियोगितामा चिरप्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दी क्लबलाई हराउँदै प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको समूह डी तर्फको पहिलो खेलमा थ्रीस्टारले मनाङलाई शून्यकाविरुद्ध १ गोलको झिनो अन्तरले हरायो । थ्रीस्टारका लागि खेलको ४३ औं मिनटमा टिका गुरुङले एक मात्र निर्णायक गोल गरे ।

अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा स्वर्गीय ललितकृष्ण श्रेष्ठको स्मृतिमा शुरु प्रतियोगितामा कुल १८ टोलीहरुको सहभागिता रहेको छ । सहभागी टोलीहरुलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ५० हजार हात पार्नेछ । साथै प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरु छनौट गरी एएफसी यु–१९ च्याम्पियनसिप छनौटका लागि नेपाली टोली तयार गारिनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...