बूढानीलकण्ठ फुटबल कप हुने

मदन भण्डारी बूढानीलकण्ठ फुटबल बारे जानकारी गराउदै आयोजक ।

काठमाडौं (खेलदैनिक) । नेपाल खेलकुद महासंघ, बूढानीलकण्ठ नगर कमिटीको आयोजनामा दोश्रो मदन मण्डारी बूढानीलकण्ठ फुटबल कप असार ९ गतेदेखि हुने भएको छ ।

प्रतियोगतामा १६ देखि २४ टिमको सहभागिता अपेक्षा गरिएको आयोजक कमिटीका अध्यक्ष प्रज्ज्वल थापाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

विजेताले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडीलाई २० हजार प्रदान गरिने छ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर र गोलरक्षकलाई जनही ५ हजार नगदसहित पुरस्कृत गरिने छ । नकआउटका आधारमा हुने साताव्यापी प्रतियोगिताका खेलहरु कपनको आकाशेधारामा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...