शानदार जितका साथ वडा नं. ३ क्वाटरफाइनलमा

सिमरा (खेलदैनिक) । वडा नं. ८ लाई पराजित गर्दै वडा नं. ३ जीतपुरसिमरा नगर स्तरीय प्रथम मेयर कप फूटवल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा सोमबार भएको खेलमा वडा नं. ८ लाई ४–१ ले पराजित गर्दै वडा नं. ३ ले अन्तिम आठको यात्रा तय गरेको हो । वडा नं. ३ को जीतमा कुमार दोङले दुई गोल गरे भने सन्त थिङ र सुरज तामाङले समान १–१ गोल गरे । उता वडा नं. ८ का लागि पवन किशोर कुशवाहाले एक मात्र सान्त्वना गोल गरे ।

म्यान अफ द म्याचको पुरस्कार ग्रहण गर्दै वडा नं. ३ का कुमार दोङ ।

खेलमा वडा नं. ३ का कुमार दोङ म्यान अफ दि म्याच घोषित भए । उनलाई वडा नं. ३ का अध्यक्ष जगन्नाथ घिमिरे र वडा नं. ८ का अध्यक्ष रामबाबु कुर्मीले ट्रफि वितरण गरेका थिए । वडा नं. ३ ले अब सेमिफाईनल प्रवेशका लागि मंगलवार वडा नं. ५ संग खेल्नेछ । यसैगरी मंगलवार हुने पहिलो खेलमा वडा नं. ७ र वडा नं. १२ भिड्नेछन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा सामुदायिक बिकासशील क्लबले आयोजना गरेको प्रतियोगिताको बिजेताले ५० हजार र उपबिजेताले २५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाईनल असार २ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...