वडा नं. १२ क्वार्टरफाईनलमा प्रवेश

सिमरा (खेलदैनिक) । वडा नं. ४ लाई स्तब्ध पार्दै वडा नं. १२ जीतपुरसिमरा नगर स्तरीय प्रथम मेयर कप फूटवल प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा आईतवार भएको खेलमा वडा नं. ४ लाई १–० ले पराजित गर्दै वडा नं. १२ ले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । वडा नं. १२ को जीतमा सुमन चौधरीले एक मात्र निर्णायक गोल गरे । वडा नं. १२ ले अब सेमिफाईनल प्रवेशका लागि वडा नं. ७ संग खेल्नेछ ।

म्यान अफ द म्याचको पुरस्कार ग्रहण गर्दै वडा नं. १२ का नविन राय ।

खेलमा वडा नं. १२ का नविन राय म्यान अफ दि म्याच घोषित भए । उनलाई सामुदायिक बिकासशील क्लबका अध्यक्ष दिपक भट्टराई, भेट्रान क्लब सिमराका अध्यक्ष समिर आले र त्रिलोक शाह ठकुरीले ट्रफि प्रदान गरेका थिए ।

जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा सामुदायिक बिकासशील क्लबले आयोजना गरेको प्रतियोगिताको बिजेताले ५० हजार र उपबिजेताले २५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाईनल खेल असार २ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...