रुपन्देहीलाई नेपालगञ्ज गोल्डकपको उपाधि

बाँके (खेलदैनिक) । टुबोर्ग तेस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको उपाधी साविक विजेता लाली रुपन्देही–११ ले जित्न सफल भएको छ । यो उपाधिसँगै रुपन्देहीले गत संस्करणमा जितको उपाधि रक्ष ागर्न समेत सफल भएको छ ।

गतवर्षकै फाइनलिष्ट संकटा क्लव, काठमाडौंलाई १–० गोलले पाखा लगाउदै रुपन्देहीले लगातार दोस्रो पटक नेपालगञ्ज गोल्डकप जितेको हो । प्रतिस्पर्धात्मक खेलमा रुपन्देहीका जोन ग्लोरीले ५३ मिनेटमा गरेको गोल नै खेलको निर्णायक बन्न पुग्यो ।

विजेत ाबनेको रुपन्देहीले उपाधिसहित नगद पाँच लाख रुपैया पुरस्कार पाएको छ । त्यस्तै उपविजेत ाबनेको संकटाले दुई लाख पचास हजारमा चित्त बुझाएको छ । त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी रुपन्देहीका कप्तान दिपक गुरुङ भएका छन् । उनले सुजुकी मोटरसाइकल प्राप्त गरे ।

त्यस्तै, उत्कृष्ट गोलकिपर रुपन्देहीका राजाबाबु मगर, रक्षकमा रुपन्देहीकै युद्ध शाही, मिडफिल्डरमा संकटाका सौजन राई र उत्कृष्ट फरवार्ड संकटाकै शान्त गुरुङ भएका छन् । उनीहरुले सबैले दश–दश हजार रुपैया प्राप्त गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित लाली रुपन्देही–११ का कप्तान दिपक गुरुङ आफूले प्राप्त गरेको मोटरसाइकलका साथ ।

विजेता र उपविजेता टीम, उत्कृष्ट खेलाडीहरुलाई नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणा, प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले पुरस्कार वितरण गरे । विधागत उत्कृष्ट खेलाडीहरुलाई खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपति, नेपालगञ्जकी उपमेयर उमा थापा, कोहलपुरकी उपमेयर सन्जुकमारी चौधरी, खजुरा गाउँपालिकाकी उपाध्यक्ष एकमाया विकलगायतले पुरस्कार वितरण गरे ।

सो अवसरमा मेयर डा. राणा, बाँके फुटबल संघका अध्यक्ष भोजराज शाही, खजुरा गाउँपालिकाका अध्यक्ष कक्षपतिले विजयी टीमलाई बधाई दिदै खजुराका जनताले देखाएको अनुशासनको प्रसंगा गरे ।

नेपालगञ्ज रंगशाला आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मर्मत भइरहेपछि गोल्डकप खजुराको डीगाउँमा गरिएको थियो । संघका अध्यक्ष शाहीले नेपालगञ्ज रंगशालाको विकल्प खजुराको मैदान हुन सक्ने बताए । खजुरा गाउँपालिकाका अध्यक्ष कक्षपतिले खजुरामा रंगशाला बनाउन सक्दो गर्ने प्रतिबद्धता गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...