प्रथम मेयर कप फूटवलमा वडा नं. ७ क्वाटरफाईनलमा

म्यान अफ द म्याच पुरस्कार ग्रहण गर्दै वडा नं. ७ का समर खड्का ।

सिमरा (खेलदैनिक) । वडा नं. २२ लाई हराउदै वडा नं. ७ सिमरामा जारी प्रथम मेयर कप फूटवल प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा शुक्रवार भएको खेलमा वडा नं. २२ लाई १–० ले पराजित गर्दै वडा नं. ७ ले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । वडा नं. ७ को जीतमा समर खड्काले एक मात्र निर्णायक गोल गरे । खड्का खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई भेट्रान क्लब सिमराका संयोजक समिर आले, सामुदायिक बिकासशील क्लबका अध्यक्ष दिपक भट्टराई र त्रिलोक ठकुरीले ट्रफि वितरण गरेका थिए ।

प्रतियोगिता अन्तर्गत शनिवार वडा नं. ५ र वडा नं. १४ बीच खेल हुनेछ । वडा नं. ५ ले आफ्नो पहिलो खेलमा वडा नं. ९ लाई पराजित गरेको थियो भने वडा नं. १४ ले पहिलो खेलमा वडा नं. १७ लाई पन्छाएको थियो ।

जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा सामुदायिक बिकासशील क्लबको आयोजनामा जारी प्रतियोगिताको बिजेताले ५० हजार र उपबिजेताले २५ हजार प्राप्त गर्नेछ । प्रतियोगितामा उपमहानगरको २४ टिम सहभागी छन् । प्रतियोगिताको फाईनल असार २ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...