वडा नं. २ मेयर कप फुटबलको सेमिफाईनलमा

सिमरा (खेलदैनिक) । वडा नं. २ जीतपुरसिमरा उपमहानगर स्तरीय प्रथम मेयर कप फूटवल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गर्न सफल भएको छ ।

सिमरा रंगशालामा विहिवार भएको दोस्रो क्वार्टरफाईनल खेलमा वडा नं. १ ले वडा नं. २१ लाई शून्यकाविरुद्ध १ गोलले हराउँदै टोलीको अन्तिम चारमा स्थान सुरक्षित गराए । वडा नं. २ का लागि विवश गुरुङले खेलको एक मात्र निर्णायक गोल गरे ।

खेलमा वडा नं. २ का गोलरक्षक सुजन श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनलाई वडा नं. २ का अध्यक्ष तिलक श्रेष्ठ र वडा नं. २१ का अध्यक्ष कृष्ण ठकुरीले ट्रफी वितरण गरेका थिए । जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा सामुदायिक बिकासशील क्लबले आयोजना गरेको प्रतियोगिताको बिजेताले ५० हजार र उपबिजेताले २५ हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...