काठमाडौं (खेलदैनिक) । विश्व फुटबलको नियमनकारी निकाय फिफाले निकालेको नयाँ वरियतामा नेपालले आफ्नो तीन स्थान सुधार गर्दै १६१ औं स्थानमा पुगेको छ । सार्क राष्ट्रहरुमा नेपाल चौथो स्थानमा छ ।
त्यस्तै भारत फिफा वरियताको ९७ औं स्थानमा रहँदै सार्क राष्ट्रतर्फ शिर्ष स्थानमा छ भने १४५ औं स्थानमा रहेको अफगानिस्तान दोस्रो स्थानमा छ । त्यस्तै १५० औं वरियताका साथ माल्दिभ्स तेस्रो स्थानमा छ भने १८३ औं वरियताका साथ भूटान पाँचौं स्थानमा छ ।
Nepal – 161 in FIFA World Ranking 👍👍👍 https://t.co/4fyV3IQ8cM
— GoalNepal.com (@Goal_Nepal) June 7, 2018
त्यसैगरी १९४ औं स्थानमा रहेको बंगलादेश सार्क राष्ट्रतर्फ छैठौं स्थानमा छ भने २०० औं र २०१ औं स्थानमा रहेको श्रीलंका र पाकिस्तान क्रमश सातौं र आठौं स्थानमा छन् ।
जर्मनीको शिर्षता कायमै
त्यस्तै विश्व वरियताको शिर्ष स्थानमा विश्वविजेता जर्मनी यथावत छ । ब्राजील दोस्रो स्थानमा छ भने बेल्जियम तेस्रो स्थानमा छ ।