शनिश्चरे युथ फाइनलमा प्रवेश

बाहुनडाँगी (खेलदैनिक) । फन्दासिंह पाण्डे स्मृति जिल्लास्तरीय फुटबल प्रतियोगिताको सोमबार सम्पन्न खेलमा जित हात पार्दै शनिश्चरे युथ क्लव अर्जुनधारा फाइनलमा प्रवेश गरेको छ । मेचीनगर–४ स्थित सरस्वती माविको खेल मैदानमा जारी प्रतियोगिताको पहिलो सेमीफाइनलमा मुनाल क्लव चन्द्रगढीलाई २–१ गोल अन्तरले पराजित गर्दै शनिश्चरे उपाधि नजिक पुगेको हो ।

शनिश्चरेका लागि पहिलो हाफको २९ औं मिनेटमा सरोज कार्कीले पहिलो गोल गरे भने ३० औं मिनटमा प्रविण जवेगुले बिजयी टोलीका लागि दोस्रो गोल गरे । त्यस्तै उता पराजित मुनालका लागि दोस्रो हाफको १६ औं मिनेटमा दिनेश कार्कीले एक मात्र सान्त्वना गोल फर्काए ।

उक्त खेलको म्यान अफ द म्याच विजयी टिमका सरोज कार्की घोषित भए । उनलाई नगदराशी २ हजार रुपैयाँसहित ट्रफी प्रदान गरियो । मेचीनगर–४ स्थित कटुवाल फेन्सी स्टोर्सका प्रोपाइटर टेकबहादुर कटुवालले उक्त नगद सौजन्य गरेका हुन् ।

प्रतियोगिता अन्तरगत दोस्रो सेमीफाइनल खेल आयोजक बाहुनडाँगी युवा क्लव र काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...