एपिएफको चुनौति पन्छाउँदै पोखरा सेमिफाइनलमा

नुवाकोट (खेलदैनिक) । पोखरा–११ बिशाल सिमेन्ट प्रथम नुवाकोट गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बट्टारस्थित स्थानीय खेलमैदानमा सम्पन्न आइतबारको खेलमा पोखराले एपिएफ क्लबलाई शून्यकाविरुद्ध १ गोलले हरायो ।

पोखराका लागि खेलको तेस्रो मिनटमै मान बहादुर तामाङले एक मात्र निर्णायक गोल गरे । खेलको निर्णायक गोलकर्ता तामाङ म्यान अफ द म्याच समेत घोषित भए । प्रतियोगिता अन्तरगत सोमबारको तेस्रो क्वाटरफाइनल खेल रुस्लान थ्रीस्टार क्लब र मदन भण्डारी स्पोर्टस् एकेडेमीबीच हुने आयोजकले जनाएको छ ।

जिल्ला खेलकुद विकास समिति र नुवाकोट जिल्ला फुटबल संघको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख हात पार्नेछ । प्रतियोगिताको फाइनल जेठ २६ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...