गुरुङ परिवारद्वारा सहारा एकेडेमीको अक्षयकोषमा आर्थिक सहयोग

पोखरा (खेलदैनिक) । देशकै नमूना फुटबल एकेडेमीका रुपमा पहिचान बनाएको पोखराको सहारा एकेडेमीले स्थापना गरेको अक्षयकोषमा फुच्यो गुरुङ र उनको परिवारले आर्थिक सहयोग गरेका छन् ।

पर्वत जिल्ला कुस्मा नगरपालिका डाडा खर्क स्थायी बसोबास भएका र हाल पोखरा महानगरपालिका स्थित वडान नं ७ मा बस्दै आएकी गुरुङले क्लबलाई १ लाख १ सय १ रुपैयाँ सहयोग गरेकी हुन् ।

उनले सहारा क्लबका अध्यक्ष केशवकुमार थापालाई पोखरास्थित निवासमै रकम हस्तान्तण गरेकी हुन् । अक्षयकोषमा अहिले सम्म १ करोड रुपैयाँ भन्दा बढी संकलन भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...