शानदार जितका साथ आयोजक नुवाकोट सेमिफाइनलमा

नुवाकोट (खेलदैनिक) । शानदार जितका साथ आयोजक नुवाकोट–११ विशाल सिमेन्ट प्रथम नुवाकोट गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेश गर्ने क्रममा नुवाकोटले शनिबार फ्रेण्ड्स क्लब, काठमाडौंलाई ५–० ले हरायो ।

बट्टारस्थित स्थानीय खेलमैदानमा सम्पन्न क्वाटरफाइनलमा नुवाकोटका लागि अमिर श्रेष्ठले दुई गोल गरे । त्यस्तै राजकुमार कुमाल, भिक्टर र विकेश लामाले एक–एक गोल गरे । खेलमा नुवाकोटका कप्तान जङ्बु शेर्पा म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत आइतबारको दोस्रो क्वाटरफाइनल पोखरा–११ र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुने आयोजकले जनाएको छ । जिल्ला खेलकुद विकास समिति नुवाकोट र नुवाकोट जिल्ला फुटबल संघको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...