बिर्तामोडलाई हराउँदै आयोजक बाहनुडाँगी सेमिफाइनलमा

बाहुनडाँगी (खेलदैनिक) । बिहिबारदेखि सुरु भएको जिल्ला स्तरीय फुटबल प्रतियोगिताको दोस्रो दिन भएको खेलमा आयोजक बाहुनडाँगी युवा क्लब सेमीफाइनलमा प्रवेश गरेको छ ।

बाहुनडाँगी युवा क्लबको आयोजना तथा बाहुनडाँगी जेसीजको सह–आयोजनामा सरस्वती माविको खेल मैदानमा भएको शुक्रवारको खेलमा विर्तामोड युनाइटेडलाई २–० गोल अन्तरले हराउँदै आयोजक सेमीफाइनल प्रवेश गर्न सफल भएको हो ।

आयोजकको जितमा पुजन राई र रोशन आचार्यले एक–एक गोल गरे । खेलको म्यान अफ द म्याच विजेता टिमका रोशन आचार्य घोषित भए । प्रतियोगिता अन्तरगत शनिवारको खेल मुनाल क्लब चन्द्रगढी र एपीएफ पाडाजुंगीबिच हुने प्रचारप्रसार संयोजक सागर कार्कीले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...