एएफसी यु–१६ महिला च्याम्पियनसिप छनौट खेलहरु नेपालले आयोजना गर्ने

काठमाडौं (खेलदैनिक) । नेपालले यहि आउँदो सेप्टेम्बर १५ देखि २३ तारीखसम्म एएफसी यु–१६ महिला च्याम्पियनसिप छनौट खेलहरु आयोजना गर्ने भएको छ । नेपालले छनौट प्रतियोगिता आयोजना अधिकारबारे एफसीले बुधबार पुष्टी गरेको छ ।

फिलिपिन्स, म्यानमार, मलेसिया र सिरियासँगै समूह ई मा रहेको नेपालले आफ्नो पहिलो खेल १५ सेप्टेम्बरका दिन सिरियासँग खेल्दै छनौट प्रतियोगिताको शुरुवात गर्नेछ । त्यस्तै १७ तारीखका दिन फिलिपिन्ससँग खेल्नेछ भने १९ तारीखका दिन म्यानमारसँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल २३ तारीखका दिन मलेसियासँग् खेल्नेछ ।

छनौट चरण अन्तरगत एसियाका कुल ३० देशहरुलाई ६ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट शिर्ष स्थान हासिल गर्ने र उत्कृष्ट दुई उपविजेता टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् । त्यस्तै दोस्रो चरणमा सहभागि हुने कुल ८ टोलीमध्ये दुई समूहबाट शिर्ष दुई स्थान हासिल गर्ने टोलीले सन् २०१९ मा १५ देखि २८ सेप्टेम्बरसाँ थाइल्याण्डमा हुने अन्तिम चरणका लागि छनौट हुनेछन् ।

कुल ८ टोलीहरुको सहभागिता रहने प्रतियोगितामा थाइल्याण्ड आयोजकको हैसियतले यसअघि नै छनौट भईसकेको छ । त्यस्तै उत्तर कोरिया गत संस्करणको विजेताको हैसियतले, दक्षिण कोरिया उपविजेताको हैसियतले र जापान तेस्रो स्थान हात पारेको टोलीको हैसियतले यसअघि नै छनौट भईसकेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...