प्रभावशाली जितका साथ देशभक्त फाइनलमा

सरावल (खेलदैनिक) । प्रभावशाली जितका साथ देशभक्त युवा क्लब नवलपरासीमा जारी प्रथम सरावल गाउँपालिका कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न दोस्रो सेमिफाइनलमा देशभक्तले एभरेष्ट एफसी, चितवनलाई ३–० ले हराउँदै उपाधि नजिक पुगेको हो ।

सरावल–१, नवलपरासीस्थित बसही खेलमैदानमा सम्पन्न खेलमा देशभक्तका लागि चुडा चौधरी, किर्पा चौधरी र विश्वास श्रेष्ठले एक–एक गोल गरे । सोमबारको खेलमा देशभक्तका विश्वास श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।

अब उपाधिका लागि देशभक्तले जेठ १७ गते बिहीबार भैरव एफसीसँग फाइनल खेल्ने आयोजकले जनाएको छ । युवा तथा खेलकुद सञ्जाल, सरावली–१, नवलपरासीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैया प्राप्त गर्नेछ भने उपविजेताले ५५,५५५ रुपैया हात पार्ने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...