नेपाली राष्ट्रिय फुटबल टोली बैदेशिक अभ्यासका लागि जाने

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबल टोलीले आउँदो एसियाड र साफ च्याम्पियनसिपका लागि वैदेशिक अभ्यासमा जाने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । बैदेशिक अभ्यासमा जाने बारे एन्फाका महासचिव इन्द्रमान तुलाधरले पुष्टी गरेका हुन् ।

नेपालले इण्डोनेशियामा यहि आउँदो अगस्तमा हुन गईरहेको एसियाली खेलकुदमा र बंगलादेशमा सेप्टेम्बरमा हुन गईरहेको साफ च्याम्पियनसिपमा पनि सहभागिता जनाउँदै छ ।


चर्चित नेपाली फुटबल साईट गोलनेपाल डटकमसँग कुरा गर्दै महासचिव तुलाधरले भनेका छन् “हामी राष्ट्रिय फुटबल टोलीलाई वैदेशिम अभ्यासमा पठाउने योजनामा छौं । यसबारे अहिले टुँगो लागिसकेको छैन । तर एसियाड र साफ च्याम्पियनसिपका लागि राष्ट्रिय फुटबल टोलीलाई वैदेशिक अभ्यासमा पठाउने छौं ।”

स्रोतका अनुसार नेपाली फुटबल टोली कतार र दक्षिण कोरिया जाने सम्भावना छ । नेपाली फुटबल टोलीको राष्ट्रिय टोलीमा ग्योतुकु कोजी छन् भने एन्फाले बालगोपाल महर्जनलाई सहायक प्रशिक्षकमा नियुक्त गर्ने बताईसकेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...