राष्ट्रिय टोलीको सहायक प्रशिक्षक बन्दै महर्जन

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक कमिटीले बालगोपाल महर्जनलाई राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा सिफारिस गरेको छ । चर्चित नेपाली फुटबल साईट गोलनेपाल डटकमका अनुसार कृष्ण थापा अध्यक्ष रहेको एन्फाको प्राविधिक कमिटीले महर्जनलाई राजुकाजी शाक्यको स्थानमा सहायक प्रशिक्षकका लागि सिफारिश गरेको हो ।


एन्फाका महासचिव इन्द्रमान तुलाधरले नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा महर्जन हुने पुष्टी गरे । “हामी यसबारे आधिकारिक घोषणा छिटै गर्नेछौं ।” महासचिव तुलाधरको भनाई उद्दत गर्दै गोलनेपालले लेखेको छ ।

महर्जनले आफ्नो प्रशिक्षकीय जिम्मेवारीमा नेपाललाई तीन बर्ष अघि साफ यु–१९ च्याम्पियनसिपको उपाधि जिताएका थिए भने सन् २०१६ मा बंगलादेशमा सम्पन्न बगबन्धु गोल्डकपको उपाधि जिताएका थिए । नेपालले यसै बर्ष हुन गईरहेको एसियाली खेलकुद र साफ च्याम्पियनसिपको तयारी छिट्टै शुरु गर्दैछ ।


प्रतिक्रिया दिनुहोस

Loading...