
पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी गराउँदै आयोजक ।
बाँके (खेलदैनिक) । तेस्रो नेपालगञ्ज गोल्डकप नकआउट फुटबल प्रतियोगिता बाँकेको खजुरामा यहि जेठ २१ देखि २८ सम्म हुने भएको छ ।
खजुराको डिगाउँस्थित आदर्श आधारभूत विद्यालयको खेल मैदानमा हुने प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, एपिएफ, संकटा, च्यासल, सुदूर पश्चिम ११, रुपन्देही–११, घरेलु टिम नेपालगन्ज ११ र भारतको पञ्जाब टिम गरी कुल ८ टिमहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
ANOTHER GOLD CUP !
Nepalgunj Gold Cup From Jestha 21; Winners To Get Rs 5 Lakh https://t.co/nvWVDbkhLC
— GoalNepal.com (@Goal_Nepal) May 27, 2018
बाँके जिल्ला फुटबल संघले आयोजना गर्दै आएको पहिलो र दोस्रो गोल्डकप नेपालगञ्ज रंगशालामा भए पनि आठौं राष्ट्रिय खेलकुदका लागि रंगशालाको मर्मत भइरहेकाले प्रतियोगिताको तेस्रो संस्करण खजुरामा गर्न लागिएको बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए ।
७५ लाखको लागतमा हुन लागेको प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५१ हजार प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाईकल प्रदान गरिने तथा प्रत्येक खेलको म्यान अफ द म्याचले एक सेट मोबाइल प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।