लालबन्दी गोल्डकप जेठ अन्तिम सातादेखि, विजेतालाई ७ लाख

लालबन्दी (खेलदैनिक) । लालबन्दी नगरपालिका र सर्लाही जिल्ला फुटबल संघको संयुक्त आयोजनामा यहि जेठको २४ गतेदेखि लालबन्दी गोल्डकप नकआउट फुटबल प्रतियोगिता शुरु हुने भएको छ ।

प्रतियोगिताबारे जानकारी गराउन आयोजकले शनिबार पत्रकार सम्मेलनको आयोजना गरेको थियो । लायन्स क्लब लालबन्दी सह–आयोजक रहेको प्रतियोगितामा कुल १० टोलीहरुको सहभागिता रहने छ ।

प्रतियोगितामा सहभागी हुने टोलीहरु रुस्लान थ्रीस्टार क्लब, रमपम झापा–११, मनाङ मस्र्याङ्दी क्लब, सर्लाही–११, करेन्ट रुपन्देही–११, नेपाल एपिएफ क्लब, दार्जिलिङ–११, कास्की–११, नेपाल पुलिस क्लब र सिएमजी संकटा क्लब रहेका छन ् ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल असार २ गते हुने समेत आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...