काठमाडौं (खेलदैनिक) । एसियाली फुटबल महासंघ (एएफसी) र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच पूर्वाधार निर्माणका लागि आर्थिक सम्झौता भएको छ । एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाका अनुसार एएफसीका एमए विकास निर्देशक तथा एन्फाको तर्फबाट महासचिव इन्द्रमान तुलाधरले सम्भौता पत्रमा हस्ताक्षर गरेका थिए ।
USD 1,30,000 For The Construction Of Parapets & Floodlights https://t.co/KxEISOu0Ev
— GoalNepal.com (@Goal_Nepal) May 25, 2018
सम्झौताअनुसार एएफसीले एन्फालाई १,३०००० अमेरिकी डलर (करिब १ करोड ४० लाख रुपैया) उपलब्ध गराउने छ । उक्त रकम सातदोबाटोस्थित एन्फा कम्पलेक्समा प्यारापिट निर्माँण गर्न तथा फ्लड लाईट जडान गर्न खर्च गरिने बताइएको छ ।