काठमाडौं (खेलदैनिक) । चर्चित फुटबल क्लब मनाङ मस्र्याङ्दी क्लबका फरवार्ड दिपक राई र उनका साथी सुमन गिरीले एक पत्रिका वितरक बालक सलोन राईलाई स्टेशनरी सामाग्री सहयोग गरेका छन् ।
पत्रकार गोपाल काफ्लेको विशेष पहलमा फुटबलर राई र गिरीले सलोनलाई करिब ६ हजार बराबरको स्टेशनरी सामाग्री सहयोग गरेका हुन् ।
Good Job ! https://t.co/5cPS3ns65c
— GoalNepal.com (@Goal_Nepal) May 24, 2018
गिरीका अनुसार उनले आफ्ना दिवंगत पिता धनञ्जय गिरीको सम्झनामा वितरक बालक सलोनलाई सहयोग गरेको बताएका छन् । त्यस्तै फुटबलर दिपक राईका अनुसार सलोनले मातातिर्थ औंसीका दिन आफ्नो आमालाई औंंठी दिएको थाहा भएपछि त्यसबाट प्रभावित भएर थोरै भए पनि सहयोग गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए ।