मेचीनगर अन्तर वडास्तरीय फुटबल प्रतियोगिता शनिबारदेखि

प्रतियोगिताबारे जानकारी गराउँदै आयोजक ।

काँकरभिट्टा (खेलदैनिक) । युवा संघ नेपाल मेचीनगर अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको दोस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । युवा संघ ५ नम्बर वडा कमिटीको आयोजना र संघको नगर कमिटीले संयोजन गर्ने प्रतियोगिताको तयारी बारे बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

यही जेठ १२ देखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नगरका १५ वडा र आयोजकसहित १६ वटा टिमले प्रतिष्पर्धा गर्ने आयोजक कमिटीका अध्यक्ष तिलक बस्नेतले बताए । संघका नगर कमिटी अध्यक्ष सरोज मेहराका अनुसार ७ दिनसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित २० हजार तथा उपविजेता टिमले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो ।

मेचीनगर–५ स्थित मदन टोलको खेल मैदानमा हुने प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख रुपैयाँ लागत पूर्वानुमान गरिएको र हालसम्म ५० प्रतिशत आर्थिक सहयोग जुटेको संघका क्षेत्रीय कमिटी सदस्य लुसन तिवारीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...