सुर्खेतको महिला फुटबल टोली बर्दियातर्फ प्रस्थान

बर्दिया (खेलदैनिक) । बर्दियामा जारी प्रथम दमौली महिला कप फुटबल प्रतियोगितामा सहभागी हुन सुर्खेतको महिला फुटबल टोली बिहीबार बर्दिया प्रस्थान गरेको छ ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरी, फुटबल संघका उपाध्यक्ष चन्द्र श्रेष्ठ, प्रभात थापा, महासचिव गणेशकुमार कार्कीसहितको टोलीले महिला फुटबल टोलीलाई विदाई गरे ।

कार्यक्रममा समितिका अध्यक्ष गिरीले फुटबल खेल मात्र नभई प्रतिष्ठाको विषय समेत भएको उल्लेख गर्दै सुर्खेत र सुर्खेतीको प्रतिष्ठा बढाएर आउन शुभकामना दिए । सिंगो कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै महिला टोली बर्दिया जान लागेको बताउँदै उनले खेलकुदका लागि कर्णाली उर्वर भूमि भएको जिकिर गरे ।

थुप्रै खेलका राष्टिय तथा अन्तर्राष्टिय खेलाडीहरु कर्णालीबाट जन्मिभएको स्मरण गर्दै अध्यक्ष गिरीले खेल क्षेत्रले कर्णालीको गौरव र इज्जत बढाउने विश्वास व्यक्त गरे । त्यस्तै, संघका महासचिव कार्कीले उपाधिसंगै बर्दियाली जनताको मन जितेर आउन शुभकामना दिंदै खेलभावना सँगसँगै अनुशासन र मर्यादाको पनि ख्याल राख्न सुझाव दिए ।

१६ जना खेलाडी र २ जना अफिसियलसहित १८ जनालाई बर्दिया जान आउनका लागि आर्थिक सहयोग नेपाल निर्माण व्यवसायी एकता समाज र खेलकुद विकास समितिले जर्सी सहयोग गरेका छन । सुर्खेतसहित दांग, बाँके, बर्दिया र दैलेखका गरी ७ टिमको सहभागिता रहने प्रतियोगिता जेठ १० देखि १५ गतेसम्म बर्दियाको बाँसगढी नगरपालिका ६ दमौलीमा जारी छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार, उपविजेताले ३० हजार तथा सेमिफाइनल पुग्ने टोलीले १० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । शुक्रबारको आप्mनो पहिलो खेल बाँकेसंग खेल्न लागेको सुर्खेतले पहिलो खेल जिते सोझै सेमिफाइनलमा ठाउँ बनाउनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...