प्रथम दमौली महिला क्षेत्रीय फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक (खेलतालिकासहित)

दमौली (खेलदैनिक) । जनजागृति समाज कल्याण युवा क्लब, दमौली, बर्दियाको आयोजनामा यहि जेठ १० गतेदेखि शुरु हुन गईरहेको प्रथम दमौली महिला कप क्षेत्रीय फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।

यहि जेठ १५ गतेसम्म चल्ने प्रतियोगिताको उदघाटन खेलमा बर्दिया र दाङ भिड्ने भएका छन् । कुल ७ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित ५१,००१ रुपैया प्राप्त गर्नेछ भने उपविजेताले ३०,००१ रुपैया प्राप्त गर्नेछ ।

त्यस्तै सेमिफाइनल पुग्ने दुई टोलीले १०–१० हजार प्राप्त गर्नेछन् भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५ हजार प्राप्त गर्नेछन् । त्यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीहरुले जनही ३–३ हजार हात पार्ने आयोजक क्लबका अध्यक्ष नवराज गुरुङ्गले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...