नुवाकोट (खेलदैनिक) । नुवाकोट जिल्ला फुटबल संघ र नुवाकोट खेलकुद विकास समितिको आयोजनामा यहि जेठ १७ गतेदेखि नुवाकोट गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
Another gold cup ! https://t.co/CZGac7Pbr5
— GoalNepal.com (@Goal_Nepal) May 16, 2018
आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा हुने प्रतियोगितामा उत्कृष्ट कुल १० टोलीहरुको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा ए डिभिजन टोलीहरुको पनि सहभागिता रहनेछ ।
त्यस्तै प्रतियोगिता सु–सम्पन्न गर्न बिदुर नगरपालिकाले पनि दुई लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।