काठमाडौं (खेलदैनिक) । अन्ततः लामो समय पश्चात अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली फुटबलकै बहुप्रतिक्षित शहिद स्मारक ए डिभिजन राष्ट्रिय फुटबल लिगको मिति घोषणा गरिएको छ ।
लिग आयोजनाबारे जिम्मा पाएका पूर्व राष्ट्रिय फुटबलर तथा एआईजीपी बिज्ञान राज शर्माले बुधबार लिग आयोजना मिति घोषणा गरेका हुन् । जसअनुसार बहुप्रतिक्षित लिग आउँदो असोज १३ देखि माघ १६ गतेसम्म आयोजना गरिने भएको छ । यद्यपि लिग आयोजना हुने स्थलबारे भने केही खुलाइएको छैन ।
BREAKING: League Date ANNOUNCED !! https://t.co/EImWaTfWUZ
— GoalNepal.com (@Goal_Nepal) May 16, 2018
लिगमा शिर्ष १४ ए डिभिजन टोलीहरुको सहभागिता रहने छ । सहभागी टोलीहरु थ्रीस्टार क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ, नेपाल आर्मी, जावलाखेल युथ क्लब, फ्रेण्डस क्लब, संकटा क्लब, मच्छिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यूरोड टिम, ब्रिगेड ब्वाईज क्लब र हिमालयन शेर्पा क्लब रहेका छन् ।