झापालाई झिनो अन्तरले हराउँदै थ्रीस्टार फाइनलमा

गाईघाट (खेलदैनिक) । उपाधिको दावेदार मानिएको रुस्लान थ्रीस्टार क्लब पाँचौं रमपम उदयपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेश गर्ने क्रममा थ्रीस्टारले रमपम झापा–११ लाई शून्यकाविरुद्ध १ गोलको झिनो अन्तरले हरायो ।

गाईघाटस्थित थरुहट रंगशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा थ्रीस्टारका लागि अजयी मार्टिन्सले खेलको ५५ औं मिनटमा एक मात्र निर्णायक गोल गरे । खेलमा थ्रीस्टार कै पिटर सेगुन म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत बिहीबारको दोस्रो सेमिफाइनल खेल मनाङ मस्र्याङ्दी क्लब र सुनसरी–११ बीच हुने आयोजकले जनाएको छ । उदयपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको फाइनल आउँदो जेठ ५ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...