रवाफिलो जितका साथ भरतपुर सेमिफाइनलमा

चितवन –खेलदैनिक) । भरतपुर फुटबल क्लब चितवनमा जारी प्रथम भरतपुर–२४ गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भरतपुर–२४, नयाँवस्तीस्थित सिद्धार्थ मा.वि. को खेलमैदानमा बुधबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा भरतपुरले जुनियर पुलिस अफिसर कलेजलाई शून्यकाविरुद्ध ३ गोलले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्यो ।

भरतपुरको जितमा सुमन आले मगरले दुई गोलको योगदान दिए भने थप एक गोल अफ्रिकी खेलाडी सुलीले गरे । सुली खेलको म्यान अफ द म्याच समेत घोषित भए ।

बुधबारको खेलसँगै सेमिफाइनल समिकरण पनि पूरा भएको छ । अब भरतपुरले दोस्रो सेमिफाइनलतर्फ आयोजक भरतपुर–२४ को सामना गर्नेछ । प्रतियोगिता अन्तरगत बिहीबारे पहिलो सेमिफाइनल खेल एभरेष्ट एफसी र नारायणगढ एफसीबीच हुने आयोजक युवा खेलकुद विकास समिति, चितवनका अध्यक्ष बिदुर थापा मगरले जानकारी दिए ।

युवा तथा खेलकुद विकास समिति, भरतपुर–२४ चितवनको आयोजनामा जारी प्रतियोगितामा कुल १६ टोलीहरुको सहभागिता रहेको थियो । भरतपुर नगरपालिकाको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजताले उपाधिसहित नगद १,०१,१११ रुपैया हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैया हात पार्ने समेत आयोजक समितिका अध्यक्ष थापाले बताए । प्रतियोगिताको फाइनल खेल यहि जेठ ६ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...