थ्रीस्टार र झापाको सेमिफाइनल भिडन्त आज

गाईघाट (खेलदैनिक) । पाँचौ रमपम उदयपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलतर्फ आज दावेदार रुस्लान थ्रीस्टार क्लब र रमपम झापा–११ भिड्दै छन् ।

गाइघाटस्थित थरुहट उदयपुर रंगशालामा ४ बजेदेखि शुरु हुने आजको पहिलो सेमिफाइनल भिडन्त केही रोचक हुने देखिन्छ । घरेलु फुटबलमा केही समय यता खराब लयमा रहेको झापाले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । सेमिफाइनल प्रवेश गर्ने क्रममा झापाले रुपन्देही–११ लाई पराजित गरेको थियो ।

उता सिजनको शुरुवात मै माइ भ्याली गोल्डकप जितेको थ्रीस्टारले दमक गोल्डकपमा भने शुरुवाती खेलमै पराजय बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको थियो । यद्यपि जारी प्रतियोगितातर्फ आफ्नो पहिलो खेलमा मोरङ–११ लाई हराएको थ्रीस्टारले आफ्नो दावेदारीतालाई भने कायम राखेको छ ।

आज हुने सेमिफाइनल भिडन्तमा दुवै टोलीले बिगतको नतिजा भूल्दै उत्कृष्ट प्रदर्शन गर्ने अनुमान छ । त्यसैले पनि आजको पहिलो सेमिफाइनल भिडन्त रोमाञ्चक हुने स्थानीय दशकहरु बताउँछन् ।

कति होला त आजको नतिजा ? कुन टोलीलाई समर्थन गर्दै हुनुहुन्छ ? के झापाले लय समाउँदै आज उत्कृष्ट नतिजा हासिल गर्ला त ?


प्रतिक्रिया दिनुहोस

Loading...