गाईघाट (खेलदैनिक) । जारी पाँचौं रमपम उदयपुर गोल्डकप नकआउट फुटबल प्रतियोगितातर्फ आज लयमा देखिएको नेपाल पुलिस क्लब र सुनसरी–११ भिड्दै छन् ।
पुलिस हालै सम्पन्न दमक गोल्डकपको विजेता समेत हो । फाइनलमा बलियो मनाङलाई हराउँदै पुलिसले दमक गोल्डकपको उपाधि जितेको थियो । युवा खेलाडीहरुले भरिएको पुलिस टोली अहिले सुन्दर लयमा छ । साथै पुसिललाई पनि प्रतियोगिताको बलियो प्रत्याशीका रुपमा हेर्न थालिएको छ ।
Nepal Police Vs Sunsari Today. Predict Your Score 👇👇👇 https://t.co/oKBZIhICUv
— GoalNepal.com (@Goal_Nepal) May 15, 2018
उता फुटबलमा एक से एक फुटबलर जन्माएको सुनसरी–११ पनि पुलिसलाई कडा चुनौति दिने सोंचाईमा छ । यद्यपि आज जितको प्रत्याशी पुलिसलाई नै मानिएको छ । गाईघाटस्थित थरुहट उदयपुर रंगशालामा आज ४ बजेदेखि शुरु हुने खेलमा कसलाई समर्थन गर्दै हुनुहुन्छ ? कसले जित्ला आजको खेल ?