काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा लिजेण्डरी नेपाली फुटबलर मणि शाहको सोमबार असामयिक निधन भएको छ । लिभरको समस्याले पिडित शाहको सोमबार नर्भिक इन्टरनेशनल अस्पतालमा निधन भएको हो ।
BREAKING: Former Nepal Skipper Mani Shah Passes Away https://t.co/tYLsIfJgsB
— GoalNepal.com (@Goal_Nepal) May 14, 2018
उनको पार्थिव शरीरलाई मंगलबार नै अन्तिम संस्कार गरिने चर्चित नेपाली फुटबल साईट गोलनेपाल डटकमले जनाएको छ । नेपाली फुटबलमा आफ्नो अमिट छाप छोडेका शाहले नेपाली फुटबलमा विशेष पहिचान बनाएका थिए ।
लिजेण्डरी फुटबलर शाहको निधनप्रति खेलदैनिक डटकम परिवार पनि हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ ।