उदयपुर गोल्डकपमा आज थ्रीस्टार र मोरङ भिड्दै

गाईघाट (खेलदैनिक) । पाँचौं रमपम उदयपुर गोल्डकप नकआउट फुटबल प्रतियोगितातर्फ आज अर्को दावेदार टोली रुस्लान थ्रीस्टार क्लब र मोरङ–११ भिड्दै छन् ।

यस सिजनको शुरुवात मै माइ भ्याली गोल्डकप जितेको थ्रीस्टारलाई उदयपुरमा पनि बलियो प्रत्याशी मानिएको छ । यद्यपि राम्रै खेलाडी लिएर उत्रिन सक्ने अनुमान गरिएको मोरङलाई पनि कमजोरी आँक्न नमिल्ने धेरैको बुझाई छ ।


गाईघाटस्थित थरुहट उदयपुर रंगशालामा आज दिनको ४ बजेदेखि शुरु हुने खेल पनि प्रतिस्पर्धात्मक हुने अनुमान छ । कति होला त आजको खेलको नतिजा ? कुन टोलीलाई समर्थन गर्दै हुनुहुन्छ ?


प्रतिक्रिया दिनुहोस

Loading...