रोयल एफसीलाई हिमालयन कपको उपाधि

काठमाडौं (खेलदैनिक) । युएईमा रहेका नेपाली समुदायहरु बीच भएको एक दिने हिमालयन कप नकआउट फुटबल प्रतियोगिताको उपाधि रोयल एफसी, युएईले जितेको छ ।

उपाधि जित्ने क्रममा रोयल एफसीले अबुधाबी नेपाली स्पोर्टस्लाई टाईब्रेकरमा ५–३ ले हरायो । विजेता बनेको रोयलले उपाधिसहित ५ हजार दिराम हात पार्यो । युएईमा आयोजना भएको एक दिने प्रतियोगितातर्फ यो सर्वाधिक पुरस्कार रकम समेत हो ।

त्यस्तै उपविजेता बनेको अबुधाबी नेपाली स्पोर्टस्ले ३ हजार दिराममा चित्त बुझाएको छ । व्यक्तिगत विधातर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडी संगम थापा मगर घोषित भए । उच्च गोलकर्ताको पुरस्कार मनोज लामाले जिते । त्यसैगरी उत्कृष्ट गोलरक्षक राकेश गुरुङ घोषित भए भने फाइनल खेलको म्यान अफ द म्याच उपेन मगर घोषित भए ।

हिमालयन एफसी, अल ऐनको आयोजनामा सम्पन्न प्रतियोगितामा कुल १३ टोलीहरुको सहभागिता रहेको प्रतियोगिता संयोजक उज्ज्वल दाहालले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...