उदयपुर (खेलदैनिक) । पाँचौं रमपम उदयपुर गोल्डकप नकआउट फुटबल प्रतियोगितातर्फ आइतबार आयोजक उदयपुर–११ ले बलियो मनाङ मस्र्याङ्दी क्लबको सामना गर्दैछ ।
मनाङ भर्खरै सम्पन्न दमक गोल्डकपको उपविजेता समेत हो । त्यसअघि इलाममा सम्पन्न माइ भ्याली गोल्डकपको उपविजेता समेत बनेको मनाङलाई उदयपुरमा पनि दावेदार मानिएको छ ।
Udayapur XI Vs MMC Today 👇👇⚽⚽⚽ https://t.co/48GgJhH8H4
— GoalNepal.com (@Goal_Nepal) May 13, 2018
थरुहट उदयपुर रंगशालामा आज दिनको ४ बजेदेखि शुरु हुने खेलमा आयोजक टोलीले मनाङलाई हराउन कडा मेहनत गर्नुपर्ने अनुमान गरिएको छ । यद्यपि फुटबलमा जस्तो नतिजा पनि आउन सक्ने भएकोले मनाङले आयोजकलाई पनि हलुका रुपमा लिन नहुने धेरैको बुझाई छ ।
कति होला त आजको नतिजा ? कुन टोलीलाई समर्थन गर्दै हुनुहुन्छ ?