काठमाडौं (खेलदैनिक) । इण्डोनेशियामा व्यवसायीक फुटबल खेलिरहेका नेपाली राष्ट्रिय फुटबलर राहित चन्दको टोली पर्सिजा जकार्ताले इण्डोनेशियन सुपर लिगतर्फ शनिबार पराजय बेहोरेको छ । शनिबार सम्पन्न खेलमा जकार्ता मदुरा युनाइटेडसँग २–० ले पराजित हुन पुग्यो ।
Madura United 2 Persija Jakarta 0 ! https://t.co/ShnTNszwDx
— GoalNepal.com (@Goal_Nepal) May 12, 2018
मदुराको जितमा फाबियानोले खेलको चौथो मिनटमै पहिलो गोल गरेका थिए भने ७९ औं मिनटमा जह रहनले दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए । यो जितसँगै मदुरा युनाइटेड ८ खेलबाट १६ अंक जोड्दै शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै पराजित जकार्ता भने ६ खेलबाट १० अंक जोड्दै आठौं स्थानमा झरेको छ ।
हेर्नुहोस म्याच हाईलाईट भिडियो :