काठमाडौं (खेलदैनिक) । दक्षिण एसियाली र पश्चिम एसियाली गरी कुल १२ देशहरुको सहभागितामा साउथ वेस्ट एसियन फटबल फेडरेशन (स्वाफ) गठन गरिएको छ । यसको अध्यक्षमा तुर्की अल शेख रहने छन् ।
स्वाफको मुख्य कार्यालय साउदी अरबको जेद्दाहमा हुनेछ । नवगठित स्वाफले एसियाली क्षेत्र कै ठूलो मध्ये एक फुटबल प्रतियोगिता आयोजना गर्ने समेत जनाइएको छ । स्मरणीय छ कि स्वाफमा दक्षिण एसियाका नेपाल र भुटानबाहेक अरु सबै देश समावेश छन् ।
BREAKING:
The West Asian & South Asian Football Federations combine forces but leave Nepal, Bhutan, Jordan, Palestine, Lebanon, Syria, and Qatar out of the new Southwest Asian Football Federation.
Move comes after @AliBinAlHussein refused to move WAFF HQ to Saudi Arabia pic.twitter.com/opaU6IVTWl
— Football Palestine (@FutbolPalestine) May 11, 2018
स्वाफमा दक्षिण एसियाबाट भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र माल्दिभ्स छन् भने पश्चिम एसियाली क्षेत्रबाट साउदी अरब, युएई, कुवेत, बहराईन, यमन र ओमान रहेका छन् । साउदी अरबको जेद्दाहमा बिहीबार एक कार्यक्रमकाबीच गठन गरिएको स्वाफमा साउथ एसियन फुटबल फेडरेशन (साफ)का अध्यक्ष काजी सलाहउद्दिन पनि उपस्थित थिए ।
What About SAFF Now ? 🤔🤔🤔 https://t.co/w1VuStczGT
— GoalNepal.com (@Goal_Nepal) May 12, 2018
स्वाफमा नेपाल र भुटानलाई मात्र समावेश नगरिनुलाई आश्चर्य मानिएको छ । साथै यसले साफ च्याम्पियनसिपलाई पनि असर पुग्न सक्ने अनुमान गर्न थालिएको छ । त्यस्तै पश्चिम एसियातर्फबाट जोर्डन, प्यालेस्टाईन, सिरिया, लेबनान, कतार जस्ता देशलाई पनि समावेश गरिएको छैन ।
स्रोतअनुसार वेस्ट एसियन फुटबल फेडरेशन (वाफ) तथा जोर्डन फुटबलका अध्यक्ष अलि बिन अल हुसेनले वाफको मुख्यालय साउदी अरबमा सार्न अस्वीकार गरेपछि स्वाफको गठन गरिएको हो ।