गाईघाट (खेलदैनिक) । पाँचौं रमपम उदयपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उदघाटन खेलमा आज रमपम झापा–११ र करेन्ट रुपन्देही–११ भिड्दै छन् ।
गाईघाटस्थित थरुहट उदयपुर रंगशालामा दिनको ३ बजेदेखि शुरु हुने प्रतियोगितामा कुल आठ टोलीहरुको सहभागिता रहेको छ । उदयपुर जिल्ला फुटबल संघको आयोजनामा आजदेखि शुरु हुने गईरहेको प्रतियोगिताको फाइनल खेल जेठ ५ गते हुनेछ ।
रमपम तयारी चाउचाउको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ ।