उदयपुर गोल्डकपको उदघाटन खेलमा रुपन्देही र झापा भिड्ने

गाईघाट (खेलदैनिक) । पाँचौं रमपम उदयपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको खेलतालिका आयोजकद्वारा सार्वजनिक गरिएको छ । उदयपुर जिल्ला फुटबल संघको आयोजनामा यहि बैशाख २९ गतेदेखि शुरु हुन गईरहेको प्रतियोगिताको उदघाटन खेलमा करेन्ट रुपन्देही–११ र रमपम झापा–११ भिड्ने भएका छन् ।


थरुहट उदयपुर रंगशालामा हुने प्रतियोगितामा कुल आठ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल जेठ ५ गते हुनेछ । रमपम तयारी चाउचाउको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...