मध्यपश्चिममा महिला फुटबलको रोमाञ्चकता शुरु हुँदै

बर्दिया (खेलदैनिक) । बर्दियामा आगामी जेठको पहिलो सातादेखि प्रथम मध्यपश्चिम महिला नकआउट फुटबल प्रतियोगिताको रोमाञ्चकता शुरु हुने भएको छ । आउँदो जेठ १० देखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा मध्यपश्चिमका कुल ६ टोलीहरुको सहभागिता रहनेछ ।

जन जागृति समाज कल्याण युवा क्लब, बाँसगढी–६, दमौली बर्दियाको आयोजनामा शुरु हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले ३० हजार हात पार्नेछ भने सेमिफाइनलमा पराजित दुई टोलीलाई दश–दश हजार पुरस्कार राशीको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

त्यस्तै व्यक्तिगत विधातर्फका उत्कृष्ट खेलाडीहरुलाई पनि ट्रफी तथा नगद रु. तीन हजार पुरस्कार राशीको व्यवस्था गरिएको आयोजक क्लबका बिवेश गुरुङले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...