भिमकाली कपको उपाधीका लागी तारा र सँगम भिड्ने

पोखरा (खेलदैनिक) । पुरानो टुडिखेल मैदानमा जारी दोस्रो भिमकाली कपको उपाधीका लागी तारा फुटबल क्लब र सँगम फुटबल क्लब भिड्ने भएका छन ।

मंगलबार सम्पन्न सेमिफाईनलमा लेकसाईड फुटबल क्लबलाई ट्राईबेकरमा २–० ले हराउँदै सँगम फुटबल क्लब फाईनल प्रबेश गरेको हो । खेलको निर्धारित समयमा कुनै पनि टिमबाट गोल हुन नसकेपछि खेल टाईब्रेकरमा पुगेको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका सँगमका गोलरक्षक राजन गुरुङ म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै रत्न समाज सेवा र तारा फुटबल क्लब बिच भएको दोस्रो सेमिफाईनल खेलमा दुवै टोलीले नियमित समयको खेल १–१ को बराबरीमा खेलेका थिए । त्यसपछि टाईब्रेकरमा तारा एफसी ३–१ को गोल अन्तरले बिजयी हुँदै फाईनलमा सँगम सँगको भेट पक्का गर्यो । उक्त खेलबाट तारा फुटबल क्लबका गोबिन थापा म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिताको फाइनल खेल आज दिनको १२ बजे हुँदैछ । फाइनल खेल अखिल नेपाल फुटबल सँघका नबनिर्बाचित केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...