पुलिस दमक गोल्डकपको फाइनलमा

दमक (खेलदैनिक) । पहिलो हाफमा निर कुमार राईले गरेको एक मात्र गोलको सहयोगमा विभागीय टोली नेपाल पुलिस क्लब दमक गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

दमकस्थित दमक बहुमुखी क्याम्पसको खेल मैदानमा मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा पुलिसले अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई शून्यकाविरुद्ध १ गोलको झिनो अन्तरले हरायो । पहिलो हाफको ३८ औं मिनटमा निर कुमार राईले गरेको एक मात्र गोल पुलिसलाई फाइनल पुग्न प्रर्याप्त बन्यो ।

अब पुलिसले उपाधिका लागि बुधबार हुने मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग शुक्रबार फाइनल खेल्नेछ । दमक नगरपालिका, नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १३ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...