सडक बालबालिका विश्वकप यात्रामा कर्पोरेट क्षेत्रको साथ

काठमाडौं (खेलदैनिक) । रुसको मस्कोमा हुने सडक बालबालिका विश्वकप फुटबल प्रतियोगितामा सहभागिता जनाउने नेपाली टिम अन्तिम चरणको तयारीमा ब्यस्त छ ।

यसैक्रममा शुक्रबार नेपाली टिमले विश्वकपको यात्रामा प्रायोजन गर्ने ब्यावसायिक घरानासँग मैत्रिपूर्ण खेल खेलेका छन् । प्रायोजकको टिमबाट नेपाल एसबीआई बैंकका सकेत नायक, मिन बहादुर गुरुङ, विनोद राई र परान धवल, सनराईज बैंकबाट रोशन लामा, एक्सन लभ नेपालबाट सिताराम लामिछाने, वेस्टार प्रोपर्टिजबाट अमृत श्रेष्ठ र नविन तण्डुकार, केओइएनबाट दोहन लि, एनडब्ल्यु इपीसीबाट अविन घिमिरे र कोकाकोलाबाट स्नेह राजभण्डारीले खेलेका थिए ।

सडक बालबालिका विश्वकपमा सहभागिता जनाउने नेपाली टिम बुधबार रुस प्रस्तान गर्नेछ । उनीहरुलाई आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले विदाई गर्ने कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस

Loading...