एन्फाको नयाँ अध्यक्षमा शेर्पा निर्वाचित

काठमाडौं (खेलदैनिक) । कर्मा छिरिङ शेर्पा नेपाली फुटबलको नियमनकारी निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ अध्यक्षका रुपमा निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न एन्फाको साधारण सभाबाट अध्यक्ष पदमा निर्वाचित भएका शेर्पाले आफ्नो निकट प्रतिद्वन्द्वी मणि कुँवरलाई ५१ मत अन्तरले हराए । शेर्पाले ६३ भोट पाएका थिए भने कुँवरले १२ भोट पाएका थिए ।

त्यसैगरी एन्फाको उपाध्यक्षम पंकज नेम्बाङ, बिर बहादुर खड्का, कृष्ण बहादुर थापा र उपेन्द्रमान सिंह निर्वाचित भएका छन् । उनीहरुले क्रमशः ६१, ३९, ५२ र ५८ मत प्राप्त गरेका थिए ।

त्यस्तै एन्फाको केन्द्रिय कार्यसमिति पदमा रबिन्द्र श्रेष्ठ, मधुसुदन उपाध्याय, प्रदेश सिंह ठकुरी, रत्न कुमार श्रेष्ठ, दिनेश व्यन्जनकार, पूर्णमान चित्रकार, बिजय घले, दिर्घ बहादुर केसी, निरोज खड्गी, दावा लामा र किरन राई निर्वाचित भएका छन् । शनिबार सम्पन्न साधारणसभामा सबैले क्रमशः ४२, ४८, ४८, ४८, ५५, ५५, ५३, ५५, ५२, ५६ र ५० मत प्राप्त गरेका थिए ।

त्यस्तै पेमा डोल्मा लामा एन्फाको केन्द्रिय कार्यसमिति सदस्य पदमा निर्विरोध निर्वाचित भएकी छिन् ।


प्रतिक्रिया दिनुहोस

Loading...