दोस्रो क्वाटरफाइनलमा आज आयोजक दमक र आर्मी भिड्दै

दमक (खेलदैनिक) । दमक गोल्डकप नकआउट फुटबल प्रतियोगितामा आज दोस्रो क्वाटरफाइनलतर्फ आयोजक दमक–११ र दावेदार त्रिभुवन आर्मी क्लब भिड्दै छन् ।

आफ्नो पहिलो खेलमा करेन्ट रुपन्देही–११ विरुद्ध संघर्षपूर्ण जित हात पारेको आयोजकले आर्मीविरुद्ध आज निकै मेहनत गर्नुपर्ने धेरैको भनाई छ । उता गत सिजन शानदार लयमा रहेको आर्मीलाई जितको बलियो प्रत्याशी मानिएको छ । यद्यपि खेलमा अप्रत्याशित नतिजा पनि आउन सक्ने कुरामा सबै सचेत समेत छन् ।

दमकस्थित दमक बहुमुखी क्याम्पसको खेल मैदानमा दिनको ३ बजेदेखि शुरु हुने आजको दोस्रो क्वाटरफाइनलको नतिजा कति होला ? कुन टोलीलाई समर्थन गर्दै हुनुहुन्छ त ?

दमक नगरपालिका, नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...